२.९४ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
४ असार २०८० १५:१९
84
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८२ अंकले बढेर ३९२.३८ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७४ करोड ६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज २९ करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी र सोल्टी होटलको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सेन्ट्रल फाइनान्स र लक्ष्मी इक्युती फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक नेपाल लघुवित्त र पाँचथर पावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *