चोरी गरेर अष्ट्रेलिया जान लागेका जोडी पक्राउ

डिसी नेपाल
१० असार २०८० २१:१२
33.9k
Shares

काठमाडौं। चोरी गरेर अष्ट्रेलिया जान लागेको एक जोडी पक्राउ परेका छन्। काठमाडौं उपत्यकाका श्रृङखलाबद्ध चोरी गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो।

नक्सालका सुवोध श्रेष्ठ र उनकी प्रेमिका लैनचौरकी रोशनी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो। ललितपुर प्रहरीका अनुसार २८ जेठमा उनीहरूले ओम प्रकाश प्रधानको ग्लोबल लिंक टेक्नोलोलीबाट ल्यापटप र नगद चोरी गरेका थिए।

पक्राउ परेकामध्ये रोशनी सोल्टी सिटी अपार्टमेन्टको आठौं तलामा रहेको ८०३ नम्बरको अपार्टमेन्टमा बस्दै आएकी थिइन्। उनको डेराबाट चोरीका दर्जनौं सामान बरामद भएको र उनीहरुले गरेका चोरीका थप घटनाको अनुसन्धान जारी रहेको प्रहरी अधिकारी बताउँछन्। उनीहरु अष्ट्रेलिया जाने तयारीमा रहेको समेत अनुसन्धानमा खुलेको छ।

प्रहरीका अनुसार चोरेको सामान उनले ‘हाम्रो बजार डटकम’ राखेर बेच्ने गरेका थिए। सुबोधले शुरुमा महाबौद्धमा पसल राखेर ल्यापटप बनाउने काम गरेका थिए। २०७२–०७३ देखि ल्यापटप बनाउने काम छाडेर चोर्न थालेको पनि प्रहरीले दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *