बालेनविरुद्धको निवेदनमाथिको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ।
न्यायाधीश ढुंगानाको इजलासमा शाहविरुद्धको निवेदनको सुनुवाइको सूचीको सातौँ नम्बरमा राखिएको छ। यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो।
अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन्। उक्त निवेदनमाथि सुनुवाइ हुन लागेको हो।
हिन्दी फिल्मको विषयलाई लिएर पाटन उच्च अदालतके आदेशका सम्बन्धमा काठमाडौं महानगरका प्रमुख शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाको दाबी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment