निजगढ बिमानस्थल आगामी आर्थिक बर्षदेखि निर्माण सुरु हुन्छः मन्त्री किराँती
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बिभाजन गर्ने कानून मन्त्रीपरिषद्मा पेश भइसकेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा आएका प्रश्नको जवाफ दिँदै मन्त्री किराँतीले प्राधिकरणलाई बिभाजन गरेर नियमन निकायको रुपमा प्राधिकरण र सेवा प्रदायकको रुपमा हवाई सेवा प्राधिकरण स्थापना गर्ने गरी विधेयक, छुट्टाछुट्टै विधेयक संसदमा पेश गर्नका लािग मन्त्रीपरिषद्मा पठाइसकेको जानकारी दिएका हुन्।
उनले बिगतमा राष्ट्रियसभाबाट पारित भइसकेपछि यो विधेयक फिर्ता आएको स्मरण गराए। उक्त विधेयकहरु संसदबाट पारित भएपछि हवाई सुरक्षा थप प्रभावकारी हुने र इयुको प्रतिवन्ध हटाउन मद्दत पुग्ने उनले बताए।
मन्त्री किराँतीले राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका गौतम बुद्ध बिमानस्थलबाट निगमले अन्तराष्ट्रिय उडान सुरु गरेको जानकारी दिए। उनले काठमाडौंको बैकल्पीक विमानस्थलको रुपमा रहेको निजगढ बिमानस्थललाई अघि बढाउन विमानस्थल क्षेत्रभित्रका बस्ती स्थानान्तरण गर्ने र उपयुक्त मोडालिटी तयार गरेर आगामी आर्थिक बर्षदेखि निर्माण सुरु गर्ने बताए।
उनले बिमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बृद्धि गर्नेमा सरकारको ध्यान केन्द्रीत रहेको जिकिर गरे।
उनले पशुपतिको जलहरी प्रकरणमा अख्तियारले अनुसन्धान सुरु गरेको, लुम्विनीमा गुरुयोजना बिपरित निर्माण भएका संरचना बनेकाले अव गुरुयोजनामा आधारित संरचनामात्रै बनाउन निर्देशन दिइसकेको बताए।







डिसी नेपाल







Facebook Comment