बिहीबार सार्वजनिक विदा
काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।
‘इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद वि.सं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment