बागमती प्रदेशसभाको बैठक स्थगित, भोलि बस्ने
मकवानपुर। बागमती प्रदेशसभाको आज साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी भोलि असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विनियोजित बजेट २०८०\०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेकाले आज साँझको बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment