वाग्नर समूहको विद्रोह पछि रूसी रक्षामन्त्रीको पहिलो बयान

डिसी नेपाल
१९ असार २०८० १२:४४
640
Shares

काठमाडौं । वाग्नर समूहको विद्रोहपछि रुसी रक्षामन्त्री सर्गेई शोइगुको पहिलो बयान सार्वजनिक भएको छ । सैन्य अधिकारीहरूसँगको बैठकमा रक्षामन्त्री शोइगुले रुसको सशस्त्र बलका कारण यो विद्रोह असफल भएको बताए।

वाग्नर समूहका नेता येभगेनी प्रिगोजिनले गत महिना युक्रेनबाट मस्कोतर्फ मार्च सुरु गरेका थिए। उनीहरुले रक्षामन्त्रीलाई हटाउन माग गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहको मार्चलाई “धोका” र “पिठमा छुरा” भनेका छन्।

पछि, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थता पछि, प्रिगोजिनले आफ्ना सेनाहरूलाई फिर्ता लिन आदेश दिए। प्रिगोजिनले पछि भने कि मार्चको उद्देश्य विरोध थियो, विद्रोह होइन।

रुसका रक्षामन्त्रीले युक्रेनसँगको युद्धमा तैनाथ सेनालाई विद्रोहले कुनै असर नगरेको बताए । रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत केही साता आफ्नो देशको सेनाका लागि कठिन भएको स्वीकार गरेका छन् ।

यद्यपि, जेलेन्स्कीले युक्रेनको प्रतिकारमा चरणबद्ध प्रगति भइरहेको पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *