टर्कि र इजिप्टद्वारा कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न राजदूत नियुक्त
अङ्कारा । टर्कि र इजिप्टले सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त गरेका छन्। टर्किले काइरोमा सालिह मुटलु सेनलाई राजदूत नियुक्त गरेको छ भने इजिप्टले अङ्कारामा अम्र इल्हामामीलाई नियुक्त गरेको छ ।
दुई देशका विदेश मन्त्रालयहरूले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै सोबारे जनाकारी दिएका छन् । यो कदमले दुई देश बीचको सम्बन्धलाई सामान्य बनाउँदै जनताको हितमा थप सुमधुर बनाउँदै अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्थ गरेर उनको टर्किए समर्थित मुस्लिम ब्रदरहुड समूहलाई गैरकानूनी घोषित गरेपछि इजिप्टसँग टर्कीको सम्बन्धमा चिसोपन आएको थियो।
गत मे २९ मा इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीचको कूटनीतिक सम्बन्धलाई पुनः स्थापना गर्ने सहमति भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment