पृथ्वीको गीत
पृथ्वीविचार हो राष्ट्रिय चिन्तनधार
जोगाउने नेपाल यो साझा विचार
देश जगाउने सार विचार धार विचार यो
समाधान हो समस्याको पार विचार हो।
आत्मनिर्भर अर्थतन्त्र पृथ्वीको मन्त्र
स्वधर्म र स्वसंस्कृति नछोड है जनता
आफ्नै साधन आफ्नै सीप आफैं विकास
साझा राजमार्ग हाम्रो सबको निकास।
सुशासन यो समृद्धि यो साझा फूलबारी
समावेसी यही हो सबको हक बराबरी
एकै राष्ट्र एकै नेपाल एकै नेपाली
देश थाम्ने हो पृथ्वीको विचारा उचाली।
जोगाउने नेपाल यो जगाउने नेपाल
मौलिक हो यो आफ्नै हो यो पृथ्वीको विचार
सधैंभरि ताजै हुने यो पुरानो विचार
देशको शक्ति देशको भक्ति पृथ्वीको विचार।
आशीर्वाद गोरखनाथको उर्जा गोरखा जनको
एकीकरण नेपालको अनिवार्य थियो
जयजय काली जयजय गोरख सौर्य मन्त्र थियो
यही नाराले विशाल नेपाल जोडिएको थियो।
नारायण भएर अघि बढे पृथ्वीनारायण
शक्ति भएर साथमा बढे जनता जनार्दन
झुक्ने थिएनन् बिक्ने थिएनन् टिक्ने मात्र थिए
रगत पसिना बलिदानले विशाल नेपाल दिए।
फिरङ्गीलाई लखेटेर पृथकतावाद रोकेको
सबै जातको फूलबारीले चन्द्र सूर्य बोकेको
भाँड्न फाँड्न नखोज है हाम्रो प्यारो नेपाल
भित्री बाहिरी देशका दुस्मन सबै होशियार।
No ads found for this position




Facebook Comment