मन रमाउँदा होस् या दुखी हुँदा नाच्न मन पराउने मेलिना
काठमाडौं। छोरी, बुहारी, आमा यी यस्तै भूमिका निर्वाहमा अल्झाइएको हुन्छ नेपाली महिलाहरुलाई।
छोरी हुँदा के गर्न हुने नहुने, बुहारी हुँदाको जिम्मेवारी आमा हुँदाको सन्तान, परिवारको जिम्मेवारी यी यस्तै कुरामा अक्सर महिलालाई कहि कतै अल्झाइन्छ।
तर यी अल्झाइ र जिम्मेवारीको बोझलाई हलुका र सहज बनाउन सकिन्छ यदि असल श्रीमान र बुझकी सासुससुरा र आमा बुवाको साथ मिल्ने भए ।

एउटी महिला २७ महिनाको नाबालक छोराको जिम्मेवारी र घरपरिवारको दरिलो साथले अमेरिकाबाट नृत्यकै लागि भनेर नेपाल सम्म आइपुग्छिन्।
उनी हुन् मेलिना तामाङ। सानै देखि नृत्यमा रुचि राख्ने उनी मेरो डान्स युनिभर्सको टप २५ सम्म पुग्न सफल भएकी छिन्।

उनको यो यात्रामा जति उनको मेहनत र लगनशिलता छ त्यतीकै उनको श्रीमानको साथ र घर परिवारको हौसाला पनि छ । खुसि हुँदा पनि नाच्न मन पराउने दुख विसाउने साथी पनि यही नृत्यलाई बनाउँछिन्।

मेरो डान्स युनिभर्समा अमेरिकको अडिसनबाट छानिएकी मेलिना यो प्रतियोगीता भित्रको आमाहरु मध्ये टप २५मा पुग्ने उनै एक हुन्।
सकारात्मक सोचले भरिएकी मेलिना भविष्यमा अमेरिकामा रहेका नेपालीभाषी बालबालिकालाई आफ्नो संस्कार संस्कृतिको पहिचान गराउन लागि पर्ने बताउछिन्।

उनले हालै गायिका मेलिना राई र असोक सुनुवारको आवजमा रहेको बेसारे माया बोलको गितमा शंकर बिसीको साथमा एउटा म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन्। मेरो डान्स युनिर्भसको यात्रा उनको लागि अविष्मरणीय रहेको अनुभव यसरी साटिन्।





हेर्नुहोस् पुरा अन्तरवार्ता:
No ads found for this position


Facebook Comment