गण्डकी प्रदेशको बजेट पारित

डिसी नेपाल
२२ असार २०८० २१:५७
48
Shares

कास्की । गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ ।

आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयक–२०८० र आर्थिक विधेयक–२०८० लाई पारित गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।

आर्थिक मामिलामन्त्री आले मगरले प्रस्तुत गरेको दुवै विधेयकसम्बन्धी प्रस्तावलाई सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । दुवै प्रस्तावका पक्षमा प्रदेशसभाको बहुमत देखिएकाले सभामुख धितालले बहुमतले विधेयक पारित भएको घोषणा गरेका थिए ।

प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, देवका पहाडी त्रिपाठीलगायत आठ जना प्रदेशसभा सदस्यले राख्नुभएको बजेट संशोधनको प्रस्ताव प्रदेशसभाको बहुमतद्वारा अस्वीकृत भएको थियो ।

बजेट पारित हुनुअघि विनियोजन विधेयक र आर्थिक विधेयकमाथि प्रदेशसभामा दफाबार छलफल भएको थियो । सरकारले आगामी आवका लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएको छ । चालुतर्फ रु १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ रु २० अर्ब १९ करोड रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *