तीन पालिकामा साेलार स्थापना : १६ हजार ७५४ जनालाई राेजगारी

डिसी नेपाल
२४ असार २०८० ९:०८

जाजरकोट। कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधनिकिकरण परियोजनाले भारी उपलब्धी गरेको बताएको छ।

पालिका भित्र सञ्चालनमा रहेका जोन, पकेट र ब्लक क्षेत्रहरुको सुधार तथा विकासको अवस्था बारे भएको समिक्षाबाट भारी मात्रामा किसानहरुको समस्या हल भएको पाइएको परियोजना जाजरकोटका  प्रमुख दिपेन्द्र पोखरेलले बताए।

प्रगतिका बारे पालिकाहरुका कृषि शाखा प्रमुखहरुबाट जनताले गरेका अपेक्षाहरुको बारेमा जानकारी लिई भएका कामहरुको समिक्षा समेत गरिएको छ।

कार्यालयले ८६.४३ प्रतिशत काम भइ लक्ष्य नजिक पुगेको उनले बताए । जसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट तर्फ बाख्रा ब्लक विकास कार्यक्रम अन्तर्गत ९५.२४ प्रतिशत, सम्पुर्ण स्थानिय तह अन्तर्गत पकेट विकास कार्यक्रममा ८७.०९ प्रतिशत, जोन विकास कार्यक्रम तर्फ ८२.४ प्रतिशत र कृषि विकास कार्यालय जाजरकोट बाट संचालित विभिन्न ब्लकहरुमा (तरकारी , स्याउ, ओखर र मकै) ब्लक विकास कार्यक्रम अन्तर्गत ८१.८ प्रतिशत प्रगति भएको प्रमुख पोखरेलले बताए।

जिल्लामा यो कार्यक्रम लागु भए पछि हाल सम्म १६ हजार ७५४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको र यो आबमा मात्र १ हजार ७९० जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ। कार्यालयले ४ वटा विभाग मध्य ३ वटा (जोन,पकेट र ब्लक) विभागहरु चालु अवस्थामा रहेको बताएको छ।

जोन अन्तर्गत सुन्तला जोन जाजरकोट का ७ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तह मा कार्यान्वयनमा रहेको छ भने त्यस्तै ओखर जोन ५ वटा स्थानीय तहमा र मौरी जोन ३ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको छ। उक्त कार्यक्रम बाट ५०० घरधुरी लाई सेवा प्रदान गरिएको कार्यालयको दावी छ। आर्थिक वर्ष २०७९/०८० मा सुन्तला जोन तर्फ ५ मेट्रिक टन क्षमताका ३ वटा सेलार स्टोर निर्माण भई संचालनमा आएसँगै सर्वसाधारण किसानहरुलाई सहयोग पुगेको छ।

छेडागाड नगरपालिका १०, कुशे गाउँपालिका ८ र नलगाड नगरपालिका ३ मा सेलार स्टोर निर्माण भई कृषकले उत्पादन गरेका सुन्तलालाई सुरक्षित गर्न सहयोग पुगेको कार्यालयका कृषि प्राविद्यिक धरम चन्दले बताए। जुनिचाँदे , बारेकोट , नलगाड र कुशेमा ओखर जोन तर्फ २१ वटा साना सिचाई निर्माण भएका छन्। त्यस्तै ९ ठाउँमा रहेका बगैचामा थोपा सिँचाइ निर्माण भएको चन्दले बताए।

मौरी जोन तर्फ ६ वटा समुह/सहकारी/फर्म लाई मौरीका विभिन्न आधुनिक सामग्रीहरु वितरण गरि मत उत्पादनमा आधुनीकिरणमा जोड दिइएको उनले बताए। परियोजना लागू भएसँगै जिल्लामा सुन्तला, ओखर र मौरी पालक किसानलाई भारी मात्रामा राहत पुगेको नलगाड ३ का किसान तुले थापाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *