ललिता निवास जग्गा प्रकरण : थप २ जना पक्राउ
काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का अनुसार आइतबार प्रकाउ पर्नेमा समर्जङ कम्पनीका लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुब अर्याल रहेका छन्। उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
उनीहरू पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए। गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्।
सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment