जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

डिसी नेपाल
२४ असार २०८० १८:०८
632
Shares

दमौली । तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो ।

यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अदालतले कुँवरलाई रु छ लाख जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ ।

चौँध वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *