रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

डिसी नेपाल
२७ असार २०८० १७:०९
20
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

उच्च अदालत पाटनले असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएपछि निर्वाचनमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं आएका प्रतिनिधिहरुले निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले मानवीयको रक्षा गरौ, रेडक्रसमा गैर रेडक्रसको अनावश्यक हस्तक्षेप बन्द गर, तत्काल निर्वाचनको सुनिश्चितता गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले सात प्रदेश समिति र ७६ जिल्ला शाखाहरुबाट प्रतिनिधि छनौट भई काठमाडौं आइसकेको अवस्थामा अन्तिम समयमा अदालतका आदेशका कारण निर्वाचन रोकिनुले श्रावण महिनादेखि सोसाईटीले देश भर प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रस प्रशासनको आग्रहमा पत्र लेखेर निर्वाचन गर्न अनुमति दिएको थियो । प्रशासनको पत्रअनुसार निर्वाचन गर्ने तयारी भएपनि रेडक्रसका आजीवन सदस्य ईश्वरीप्रसाद दाहालले निर्वाचनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *