अमेरिकी सहायक बिदेश मन्त्री लु आज नेपाल आउँदै

डिसी नेपाल
२९ असार २०८० ७:५७
36
Shares

काठमाडौं। अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन्। दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लागेका हुन्।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ।

साथै, आफनो भ्रमणको क्रममा उनले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामुहिक भेटघाट गर्नेछन्। भारत, बंगलादेश र श्रीलंकाको भ्रमणमा सम्पन्न गरेर नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *