वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलबाट बिना कारण फर्काउने गरेको भन्दै व्यवसायी संघको आपत्ती
काठमाडौैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको छ ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन कार्यालयले विना कारण श्रमिकहरुलाई बिमानस्थलबाटै फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको हो ।
अध्यागमनका कर्मचारीले विगत केहि दिनदेखि कानुन विपरितको गलत सूचना दिने, अनावश्यक दुःख दिई बैदेशीक रोजगारीबाट बञ्चित गराउने उदेश्यबाट प्रेरित भई हस्तक्षेपयुक्त कार्य गर्दै अएको संघले जनाएको छ । यस सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुवेत जान लागेका ११७ जना कामदारलाई विमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिई फर्काइएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुदा हुँदै पनि कामदारलाई रोक्ने काम गरिएको बताए । विभागका श्रम स्वीकृति लिएको सम्पूर्ण जानकारी अनलाईन प्रणालीमार्फत अध्यागमनमा पनि जाने भएपनि त्यसलाई कर्मचारीले वेवास्ता गरेको उनको भनाइ छ ।
यस विषयमा संघले श्रममन्त्री लगाएत सवै सरोकारवालाहरुलाई जानकारी गराइसकेको भन्दै कामदार रोक्ने कार्यलाई निरन्रता दिए कडा आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने संघले चेतावनी दिएको छ ।







डिसी नेपाल







Facebook Comment