मनमोहनमा कार्यरत एक कर्मचारी मृत फेला

डिसी नेपाल
२९ असार २०८० १७:१९
2.0k
Shares

काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्। अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।

शुक्रबार बिहान नोटसहित फार्मेसी स्टोरमा उनको शव भेटिएको महाराजगन्ज प्रहरीले जनाएको हो। उनी पहिले फार्मेसीमा इन्चार्जका रूपमा कार्यरत रहेको र अहिले प्रशासनमा तानिएको अस्पताल प्रशासनले जनाएको छ।

नोटमा उनले डा. भगवान कोइराला, सेन्टरका निर्देशक र अन्य सहकर्मीसँग माफी मागेका छन्। त्यस्तै नोटमा परिवारका सदस्यका नाममा लभ यू, लभ यू लेखिएको पनि प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *