भानु जयन्ती : वरिष्ठ साहित्यकारद्वयको रथारोहण

डिसी नेपाल
२९ असार २०८० २०:०५
164
Shares

काठमाडौं । नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पु¥याएवापत प्राध्यापकद्वय डा दयाराम श्रेष्ठ र डा राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ ।

दुई सय १० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा उनीहरूलाई रथारोहण गरी नगर परिक्रमा गरिएको हो । डा श्रेष्ठ नेपाली कथा लेखनको समालोचनामा र डा विमल कथा लेखन र नेपाली राष्ट्रियता प्रवर्द्धनमा ख्यातिप्राप्त छन् ।

प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने ज्येष्ठ साहित्यकारलाई बग्गीमा राखेर नगर परिक्रमा गराउने चलन रही आएको छ । यसअघि युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र समालोचक डा बासुदेव त्रिपाठीलगायतलाई रथारोहण गराइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *