सप्तरीमा गाडी पल्टिँदा पाँच जना घाइते

डिसी नेपाल
२९ असार २०८० २०:२०
72
Shares

जनकपुरधाम । सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका हुन् ।

प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि राजविराज लगिएको छ ।

एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरू राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *