कविता : तिमीलाई कुरिरहेँ

दिनेश घिमिरे
३० असार २०८० १३:२८

तिमी सूर्य बनेर उदाउँछौ कि भनि
हरेक बिहानीहरूमा क्षितिज कुरि बसेँ
तिमी आकाशभरी उज्यालोमा उदायौ
म पहाड कन्दराको अध्यारोमा कुरिरहेँ।

तिमी चन्द्र बनेर उदाउँछौ कि भनेर
हरेक रातहरूको संघारमा उठेर कुरेँ
तिमी आकाशभरि अघ्यारोमा उदायौ
म रातको सन्नाटामा तिमीलाई
कुरिरहेँ।

तिमी बर्षा भएर आउछौ कि भनि
हरेक ऋतुहरूमा आशुँ साँचेर कुरेँ
तिमी सागरभित्र बर्षा भएर आयौ
म बिरहको बेदनामा तिमीलाई कुरिरहेँ।

तिमी खुशी बनेर आउछौ कि भनि
म हरेक दुःखहरूको साथमा बसे
तिमी शुन्य आकाशमा हराइरह्यौ्
म सृष्टिका आकारहरूमा कुरिरहेँ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *