ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

डिसी नेपाल
३१ असार २०८० १६:१५
1.3k
Shares

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *