रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ

डिसी नेपाल
१ साउन २०८० १४:०६
564
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्।

उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

गत १९ असारमा मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको कालिकोटेमाथि आरोप लगाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *