राप्रपाको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा (फोटोफिचर)

डिसी नेपाल
१ साउन २०८० १६:५१
636
Shares

काठमाडौं । राप्रपानिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरु समेतको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुशरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरेको उनले जानकारी दिए ।

आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गरिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिए ।

अघिल्लो वर्षदेखि संगठनले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *