कविता : तिमी जाग्नु पर्नेछ अब
उ पर क्षितीजमा हेर त
कसरी मुस्कुराएको छ उषा किरण,
लाखौं तारा अर्थहीन बन्दै गएका छ्न्
जूनले अस्तित्व गुमाउँदै छ एकैछिनमा
हतारमा छ उ
कुना कुना सम्म पुगेर
लाली भर्न जीवनको।
हो यसै गरि
तिमी बिउँझनु पर्छ अब
चराको चिरबवाल्मिकी
जाग्नु पर्छ पुग्नलाइ
ती हरेक अधुरा मनहरुसम्म
जो कुनै ग्रन्थहरुमा पनि अटाउन सकेनन्
र
पर्खिरहेछन् तिमीलाई
आवाज बिहिन भएर यो भूगोलमा
उज्यालो पार्नु पर्नेछ ती मुहारहरु
जो सबैखाले
जुनतारा नक्षत्र उदाउँदा पनि
अध्याँरै रहे।
सिमाना रोहिरहेको छ अस्तित्व रक्षर्थ
सुसाउन छोडेका छ्न् नदिनाला झरना
साँघुरिएको छ परिधी तालपोखरीको
बाँझिएका छ्न फाँटहरु
इतिहासमै सीमित हुन थालेका छ्न्
वीरताको गाथा, पू्र्खाको इतिहास
,सस्कार संस्कृति, कला साहित्य
सबथोक अपूरा अधुरा छ्न् तिम्रो अभावमा
ए
पत्थर पगाल्ने मनहरु
हिउँको खरानी बनाउने हातहरु
जीवन लेख्ने कलमहरु
जगत देख्ने आँखाहरु
अब जाग्नु पर्छ तिमी
लाग्नु पर्छ तिमी
फुलको मन लिएर पत्थर थाम्नलाई
एउटै इट्टा भएनी थपेर
सगरमाथा बनाउन वाङ्गमयको
यही माटोमा
जन्मनु पर्नेछ
कयौं
वाल्मीकि ,भानुभक्त ,मोतीराम ,लक्ष्मीप्रसादहरु
र लेखिनु पर्नेछ काव्य महाकाव्यहरु।
No ads found for this position


Facebook Comment