स्मार्ट कार्डका विषयमा आएका गुनासाहरुप्रति मन्त्रालय गम्भीर (भिडियोसहित)

डिसी नेपाल
७ साउन २०८० १५:२१
72
Shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड) का विषयमा आएका गुनासाहरुप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन्।

यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पोशाक तथा परिचयपत्र वितरण कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी भएको समेत बताए।

उनले इम्बोस्ड नम्बरको जडान सरकारको एउटा महत्वपूर्ण आयोजना भएकाले यसलाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । त्यस्तै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनेपर्ने बताए।

उनले मन्त्रालय र महासङ्घ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्नेमा जोड दिए।

हेर्नुहोस् भिडियो:

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *