१९ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
८ साउन २०८० २०:४१
44
Shares

वीरगन्ज । वीरगन्ज महागरपालिका–१६ भानुचोकस्थित सडक खण्डमा प्रहरीले एक भारतीय नागरिकलाई १९ राउन्ड गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिमी चम्पारण बेतिया लगुनाहा निवासी २२ वर्षीय मुरारी कुशवाहा रहेका छन्।

आइतबार राति साढे ९ बजे प्रहरी चौकी बसपार्कको टोलीले नियमित जाँचको क्रममा एक जना अपरिचित व्यक्ति शंकास्पद रुपमा हातमा झोला बोकेर बसपार्कतर्फ आउँदै गरेको अवस्थामा खानतलासी गर्दा सटगनको गोली बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

खानतलासी गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको १५ राउन्ड, केएफ १२ लेखिएको ३ राउन्ड र १२ केएफ १२९६ लेखिएको १ राउन्ड गरी १९ राउन्ड सर्टगनको गोली फेला परेको प्रहरीले जनाएको हो। कुशवाहालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *