रुपन्देहीका नदीमा फसेका पाँच जनाको उद्धार

डिसी नेपाल
९ साउन २०८० १८:३४
420
Shares

काठमाडौं । रुपन्देहीका विभिन्न नदीमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

बुटवल उपमहानगरपालिका १३ र १४ को सीमाना दानव नदीमा दाउरा खोज्न गएर फसेका एक जना, तिनाउ नदीमा फसेका एक जना र मायादेवी गाउँपालिका ३ बेथरीमा तिनाउ नदीमा फसेका तीन जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले बुटवल–२ पाखापानीमा बस्दै आएका ६४ वर्षीय मीनबहादुर गाहा, मायादेवी गाउँपालिका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अबदेशकुमार यादवको उद्धार गरिएको हो।

यसैगरी प्रहरीले बुटवल–११ टपमजुवाको तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित ठाउँमा सारिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *