भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

डिसी नेपाल
९ साउन २०८० १८:४३
436
Shares

काठमाडौं । यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

भीमसेन थापाको २४९ औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो ।

रु. १ लाख राशि रहेको उक्त पुरस्कार उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे । पुरस्कार हस्तान्तरण गर्दै खड्काले यसअघि महावीर पुनसंग भएको भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै छिटै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

उनले सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कामलाई एकीकृत रुपमा संचालन गर्न आवश्यक कानूनलाई छिटै सदनमा लगिने बताए ।

त्यस्तै केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी काममा युवाहरुलाई परिचालन गर्दै मुलुकको बिकास गर्न सकिने बताए ।

उहाले सरकारले यसअघि आफुसंग गरेको सहमतिका केहि बुदाहरु कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *