दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

डिसी नेपाल
९ साउन २०८० २०:३५
164
Shares

दाङ । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्।

घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका(६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए।

बसमा सवार २५र२६ जनामध्ये १७ घाइते भएका र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।

बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *