राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन तस्कर हुन सक्दैन : चित्र बहादुर केसी

डिसी नेपाल
१० साउन २०८० १७:५७
288
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुनसक्ने बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै केसीले राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन प्रकरण जस्ता ठूला अपराध हुनै नसक्ने बताए ।

केसीले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर जनताको आखाँमा छारो हाल्न नपाईने भन्दै मूल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्ने धारणा राखे । चीन , भारत र नेपालका अपराधीहरु मिलेर नेपाललाई तस्करको ट्रान्जीट प्वाइन्ट बनाइएकाले यसमा सरकारले गम्भीर भएर छानविन गर्नुपर्ने उनले बताए ।

अध्यक्ष केसीले सुन प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने र कोहि दोषीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *