‘अन्तर्राष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाइने

डिसी नेपाल
११ साउन २०८० १८:०५
44
Shares

काठमाडौं । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाइने तयारी भएको छ ।

आगामी साउन २८ गते दिवस मनाउन युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्वुको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । युवाहरुलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यले दिवस मनाउन लागिएको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उक्त दिन बिहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रम समेत आयोजना हुनेछ ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल लगाएत राष्ट्रिय खेलकुद परिषदको समेत सहभागिता हुने बस्नेतले बताए । उनले पछिल्लो जनगणना अनुसार नेपालमा युवाको संख्या ४० दशमलव ५६ प्रतिशत रहेको जानकारी दिए ।

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन विश्वव्यापी रुपमा सो दिवस मनाउने गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *