सत्र दिनपछि मुगुमा विद्युत् पुनःसञ्चालन

डिसी नेपाल
१२ साउन २०८० २०:३३
20
Shares

मुगु । विद्युत् अवरुद्ध भएको १७ दिनपछि मुगुमा बिजुली बत्ती सञ्चालनमा आएको छ । गमगाड वितरण केन्द्रले छायाँनाथ रारा नगरपालिकासँगको समन्वय एवं नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा शुक्रबार साँझदेखि विद्युत् सेवा सञ्चालन भएको हो ।

गत असार २७ गते मङ्गलबार गमगाड खोलामा आएको बाढीले पावर हाउसतिरको नहरमा बालुवासहितको माटाले नहर पुरेपछि नहरमा पानी बग्न नपाइ विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा अवरुद्ध भएपछि छायाँनाथ रारा नगरपालिकाभित्रका ८७ बस्तीका २६ हजार घर परिवार विद्युत् सेवाबाट प्रभावित हुँदै आएका थिए भने दैनिक रुपमा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले सेवा दिन सकेका थिएनन् ।

विद्युत् सेवा सञ्चालन गर्नका लागि जिल्लास्थित विद्युत् प्राधिकरणका कर्मचारी र सशस्त्र प्रहरी बल ४५ नम्बर गुल्ममा कार्यरत सुरक्षाकर्मीहरुले नहरमा जमेको करिब एक सय मिटर भागको बालुवा र माटो निकालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *