सडक बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया किशोरीको मृत्यु
सर्लाही। सर्लाहीको गोडैतामा सडक बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार एक किशोरीको मृत्यु भएको छ। गोडैता नगरपालिका–१० बस्ने रामप्रवेश महतोको १३ वर्षीया छोरी नेहाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट सय मिटर दूरीमा रहेको खाल्डोमा जमेको पानीमा घोघीं टिप्न जाँदा खुट्टा चिप्लिएर उनी पानीमा डुबेकी र उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment