लघुकथा : ‘दुई झोले’
बसबाट झर्ने बित्तिकै साथीसँग भेट भयो। ओहो! झोले के छ खबर। यो झोला कहिले सम्म बोक्ने?
मेरो छोड न। झोला! त पनि बोकिरहेको छस्। के छ सधैं झोलामात्र बोक्ने हो? यस्तै हो भने मेरो जस्तै झोला बोके भइहाल्यो नि। उ खिस्स हाँस्दै भन्यो,” तेरो झोला ठूलो छ। मेरो सानो।” यो देशमा तेरो ठूलो झोलाको भन्दा मेरो सानो झोलाको महत्त्व छ। साथी होस् मिलाएर बुझ्न।
प्याट्ट भन्न नसकेपनि कुरा बुझें।
मेरो झोलामा विदेशबाट ल्याएको कोसेलीको सुगन्ध थियो। उसको झोलामा भ्रष्टचारको गन्ध।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment