भारतमा बसको ठक्करबाट नेपाली युवकको मृत्यु

डिसी नेपाल
२४ साउन २०८० १८:२९
1.1k
Shares

बैतडी ।  रोजगारीको सिलसिलामा रहेका बैतडीका एक युवकको भारतमा बसको ठक्करबाट मृत्यु भएको छ।

बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो। रोजगारीका लागि एक वर्ष अघि राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त महेश बोहराले बताए। मृतक पुष्करको घरमा श्रीमती र एक छोरी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *