आजकी महिला द्रौपदी कि दुर्गा?

सुनिता बस्नेत थापा
२७ साउन २०८० ९:२४

घटना नं १

रत्नपार्कबाट बिक्रम टेम्पो चढेकी एक युवती सकेसम्म आफूलाई खुम्च्याएर बसेकी थिइन्। उनीसँगै एउटै सिटमा बसेका अधबैंसे लोग्ने मान्छे कुनै न कुनै बहाना बनाएर ती युवतीसँग टाँसिइरहेको थियो।

टेम्पोको झड्कासँगै आफूलाई सम्हाल्न नसके जस्तो त्यो पुरुष ती युवतीसँग अझै टाँसिएको हुन्थ्यो। ती युवती सरमले भुतुक्क भएर अनुहार ठाडोसम्म पारेकी थिइनन्।

लाग्छ उनले ठूलो कशुर गरेकी छिन्। उनको समाजमा सबैको अगाडि चीरहरण भएको छ। सायद द्रौपदी पनि यसरी नै लज्जित थिइन् होला।

घटना नं २

कीर्तिपुरबाट आफ्नो वुवासँग माइक्रो बसमा सवार एक २०/२१ वर्षीया युवती सकेसम्म शान्त भएर बसेकी छिन्। उनको बगलमा सँगै टाँसिएर बसेको पुरुषको हात आफ्नो काखीमुनीबाट सम्बेदनशिल अंग छुने प्रयाश गरिराखेको थाहा पाएर मुर्मुरिएकी छिन्।

केही भनुँ त त्यहाँ उनको वावुले त्यो पुरुषलाई बाँकी राख्दैनन् न भनुँ त दिन दहाडै सारेवजनिक सवारी साधनमा यौन हिंसा भइराखेको छ। खयर ती युवतीले वावुले थाहा नपाउने गरी चसक्क त्यो पुरुषको हात चिमोटी दिन्छे।

त्यसपछि पुरुष सम्हालिएर बस्छ। बसबाट झर्ने बेलामा ती युवती आफ्नो वुवालाई पहिला झर्न दिएर लत्तिएको जस्तो गरी त्यो पुरुषको खुट्टा किचिमिची पारेर टेकिदिन्छे अनि ठुलो श्वास फेर्दै फुर्तिका साथ माइक्रो बासबाट ओर्लन्छे।

घटना नं ३

कामबाट घर फर्कदै गरेकी गर्भवती महिला खचाखच भएको बसमा उभिएर यात्रा गरिरहेकी हुन्छिन्।कामको थकान र भारी शरिर थाम्न गार्हो भएर बसको उभिँदा सामात्ने डण्डीमा आड लाएर उभिएकी छिइन्।

एकाएक पछाड़ि ढाडमा कोही लुपुक्क टाँसिएको भान हुन्छ। एकै क्षणमा केही साह्राे  चिजको स्पर्श महशुस हुन्छ। ती महिलालाई त्यो के हो भन्ने एकिन गर्न केही समय लाग्दैन। त्यो पुरुषलाई एकै झड्कामा धकालेर चिच्याउँछिन्।

बसको ड्राइभर र खलासीलाई भनेर त्यो पुरुषलाई बसबाट झार्न लाउछिन्। जब त्यो पुरुष बसबाट झर्‍याे। उनका ॲाँखा अनायासै बसको ऐनामा पर्छ। ऐनामा त आफ्नो अनुहारको साटो शक्तिकी देवी दुर्गा पो मुस्कुराइरहेकी हुन्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *