हेटौंडामा मनाइयाे अन्तर्राष्ट्रिय युवा दिवस

डिसी नेपाल
२८ साउन २०८० १०:१६

हेटौंडा। बागमती प्रदेश युवा परिषद् हेटौंडाको आयोजनामा हेटौंडामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ नबप्रवर्द्धन र उद्यमशिलतामा हरित सीप विकास’ मन्ने नाराका साथ युवा दिवस मनाइएको हाे।

कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले उद्घाटन् गरे। उनले अब युवाहरुलाई स्वदेशमानै टिकाउने वातावरण सरकारले गर्नुपर्ने बताए।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य भारती पाठकले युवाहरुका विषयमा कार्यक्रम गर्ने युवा परिषदको मात्र नभइ तीन तहका सरकारनै लाग्नुपर्ने बताइन्।

युवा सम्वन्धि अन्तर्राष्ट्रिय मुद्दाहरुमाा सरकारले ध्यान दिन जरुरी रहेको उनकाे भनाइ थियाे। बेैदेशिक रोेजगारिका लागि जाने भन्दा वाहेक अन्य कुरामा सोच्दै नसोच्ने अवस्था रहेको अवस्थामा नेपाली युवाहरुलाइ कसरी माटोसँग साक्षातकार गर्ने सो वारे सोच्न आवस्यक रहेको बताइन्।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुले अब स्वदेशमानै सिप सिकेर आत्मनिर्भर तर्फ लाग्नुपर्ने बताए। सिप सिक्ने मात्र नभइ काम पनि गर्नुपर्ने बताए।

प्रदेश युवा परिषद्ले युवाहरुका लागि लक्षित गरेर स्वरोजगार बनाउनका लागि धेरै प्रकारका तालिम दिएको र युवाहरुलाई रोजगारीतर्फ अग्रसर गराएको बताए

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिब बलराम निरौला लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा वर्ल्ड बैंकका कन्सलटेण्ड सन्दीप श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *