मुगुमा जिप दुर्घटना : दुईको मृत्यु, सात जना घाइते
मुगु । मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्।
सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकैको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको सोरुकोट प्रहरी चौकीले जनाएको छ।
मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धारको लागि सोरुकोट प्रहरी चौकी र तारापानी प्रहरी चौकीको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले दुई एम्बुलेन्स घटनास्थलतर्फ पठाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment