सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

डिसी नेपाल
३२ साउन २०८० ९:५२
608
Shares

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्यांकीमा परेर गए राति जंगली हात्तीको मृत्यु भएको छ।

यहाँको शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए।

“राति १२ बजेपछि जंगली हात्ती सेफ्टी ट्यांकीमा परेर मृत्यु भएको देखिएको छ।” उनले भने, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का संकलन गर्ने काम भइरहेको छ।”

जंगली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए। “यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रमुख संरक्षण अधिकृत मेहताले भने, “विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गर्छौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *