सुन तस्करी प्रकरण

थप दुई जना चिनियाँ नागरिक पक्राउ

डिसी नेपाल
१ भदौ २०८० ९:०६
72
Shares

काठमाडौं। ६० किलो सुन तस्करीमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धानका क्रममा उनीहरुलाई बिहीबार राति काठमाडौंको फरक फरक ठाउँबाट पक्राउ गरेको हो। उनीहरुको पक्राउ बारे प्रहरीले कुनै पनि जानकारी दिएको छैन।

उनीहरुसहित ११ जना चिनियाँ नागरिक पक्राउ परिसकेका छन्। पक्राउ परेका सबैलाई उनीहरुले फरक फरक स्थानमा राखेर अनुसन्धान गरिरहेको छ।

सरकारले अन्तरदेशीय संगठित अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएपनि हालसम्म मूख्य मालिक र सुनको साझेदारबारे पत्ता लाग्न सकेको छैन।

सीआईबीले टेक्निकल (प्राविधिक) पक्षलाई केन्द्रमा राखेर गरेको अनुसन्धानको क्रममा बुधबार मात्रै काठमाडौं उपत्यकाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए भने त्यसअघि तीन जना पक्राउ परेका थिए।

बुधबार पक्राउ पर्नेहरुमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई छन्। उनीहरु पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २९ पुगेको हो। यसअघि २७ जनालाई सीआईबी र राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो।

चिनियाँ नागरिकहरुमात्रै पक्राउ पर्दा सुन कहाँ जान लागेको हो, नेपालबाट कता जानछ भन्ने स्पष्ट छैन। यद्यपि प्रहरीले सो सुन भारत नै जान्छ भन्ने अनुमानका साथ भारतीय प्रहरीसँग समन्वय गर्दै अनुसन्धान गरेको छ।

केही भारतीय नागरिक पनि शंकामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *