धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ सार्वजनिक

डिसी नेपाल
३ भदौ २०८० १२:२३
68
Shares

काठमाडाैं। गायक धर्मेन्द्र सेवानको आवजमा ‘एउटा यात्रा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ। गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडियोमा जीवन प्रति आशावादी हुँदै जीउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।

हुन त गोस्वामी आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन्। उनले ‘एउटा यात्रा’को भिडियोमा पनि आफ्नो सोही शैली देखाउने प्रयास गरेका छन्।

भिडियोमा दिनरात अथक परिश्रम गर्नै यद्यपि, त्यहाँ कहिलेकाहीँ परिणामहरू अपेक्षाअनुरूप नहुन सक्छन्, जसले निराश र अगाडी बढ्न असहज गराउँनसक्छ, त्यस्ता क्षणहरूमा शान्तिलाई अँगाल्न र आफैंमा भरोसा जगाउनु महत्त्वपूर्ण हुन्छ भन्ने कथा पेस गरिएको छ।

गोस्वामीले यो गीत पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारीजस्ता समस्याका कारण युवाहरूमा मानसिक स्वास्थ्यमा विचलन आइ अप्रिय कदमहरु उठाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो गीत तयार पारेका हुन्।

उनले आशावादी भई जीवन जिऊन प्रेरित हुन भन्ने जोड गीतमा दिएका छन्। ‘नेपाल तारा’बाट चर्चामा आएका गायक सेवान नेपाली संगीत क्षेत्रका प्रतिभावान गायकका रुपमा परिचित हुन्।

सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरुमा विभिन्न साँगीततिक कार्यक्रम सँगै केही गीतहरुको श्रृजनामा सहकार्य गर्दे आइरहेका छन् र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो।

यो गीतको भिडियोलाई सुरज श्रेष्ठ छायाकंन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *