‘वानर सेना’को क्यानडामा विशेषको आयोजना
काठमाडाैं। आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को क्यानडामा विशेषको आयोजना गरिएको छ। निर्माता युवराज गिरीले दिएको जानकारी अनुसार अगष्ट १९ र २० तारिखमा शोको आयोजना गरिएको हो।
उनले सिनेमाको सम्पुर्ण टिकट अग्रीम बिक्रि भएको हुनाले फिल्मको दुवै दिनको शोमा दर्शकको उत्साह पूर्ण सहभागीता रहेको जानकारी समेत दिएका छन्।
क्यानडाको विनिपेग फिल्म ग्रुप थिएटरमा सिनेमाको विशेष शोको आयोजना गरिएको थियो । गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन्।

फिल्ममा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ।
यही फिल्मबाट अपर्ण गिरी (अरमान जंग) ले निर्देशनमा डेव्यु गरेका छन्। सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन्। युवराज गिरीको लगानी रहेको सिनेमालाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment