‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक

डिसी नेपाल
५ भदौ २०८० १३:१७
4.2k
Shares

काठमाडाैं। अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको हो।

‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको पशुपति प्रसाद २ : भष्मे डनमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ। सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन्।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि उनी स्वयं हुन्। निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ। आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने छ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो। लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन्। सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *