धादिङ बस दुर्घटना : ८ जनाको निधन

डिसी नेपाल
६ भदौ २०८० १२:३९

काठमाडौं। धादिङको गजुरीमा दुर्घटनामा परेको बसमा सवार ८ जनाको निधन भएको छ।

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना परेको थियो।

उक्त बस त्रिशुली नदीमा खसेको थियो। धादिङ प्रहरीले दिएको जानकारीअनुसार मृतक भएका ८ मध्ये ६ जना पुरूष र २ जना महिला रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार हालसम्म १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ भने उद्धार कार्य जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *