कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ मुलुकको समृद्धि हुन सक्दैन : प्रधानमन्त्री

डिसी नेपाल
७ भदौ २०८० १९:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् ।

गौरा पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहले आयोजनामा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफुले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको भन्दै कर्णाली सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव नरहेको बताएका हुन् ।

आफु पहिलो पटक प्रधानमन्त्री हुदा सुदुरपश्चिम विश्वविद्यालयमा जोड दिएको र अहिले तेश्रो पटक प्रधानमन्त्री हुँदा गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसकेको जिकिर गरे । उनले दोधारा चादनीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । गौरा पर्वको तिथि किटान भए सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्ने घोषणा गरे ।

त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न आफुले पहल गर्ने र प्रधानमन्त्री पनि सकारत्मक रहेको जिकिर गरे । गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै नभई मुलुकका साथै भारतका केहि भागहरुमा समेत मनाइने गरेको उनले बताए । गौरा पर्व समग्र मुलुकको गौरवको बिषय भएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा लगाएतले देउडामा नाचगान गरेका थिए । कार्यक्रममा सुदुरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा (पार्वती)को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *