ओलीले आज बिराट दरबार अवलोकन गर्ने, भोली सिरहा पुग्ने

डिसी नेपाल
८ भदौ २०८० ९:३१

बिराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराट दरबार क्षेत्र निरिक्षण गर्ने भएका छन् ।

भोली देखी सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि आज बिराटनगर जान लागेको अध्यक्ष ओलीले बिराट दरबार क्षेत्रको निरक्षण गर्न लागेका हुन् ।

तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि एमाले अध्यक्ष ओली आज विराटनगर पुग्दैछन् ।

आज साँझ पाँच वजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम गर्न लागेका अध्यक्ष ओली भोली बिहान सिरहा पुग्नेछन । जहाँ भोली देखी पार्टीको सचिवालय बैठक सुरु हुनेछ ।

सिराहाको धनगढीमाई नगरपालिकामा अबस्थित विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पछि पहिलो पटक सिरहामा सचिवालय बैठक बस्न लागेको हो ।

२०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो। जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *