पूर्वमन्त्री जनार्दन शर्माको फेसबुक पेज ह्याक

डिसी नेपाल
८ भदौ २०८० ११:०२
172
Shares

काठमाडौं। पूर्व गृहमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ।

ह्याकरले उनको फेसबुक पेजमा विभिन्न भिडियो पोष्ट गरेको देखिन्छ।

गत आइतबार (२० अगष्ट)मा शर्माले रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ।

नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले आफ्नो पेज स्वमित्वमा ल्याउन प्रयास भइरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *