देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर छ : प्रधानमन्त्री

'राम्रा काम गरेको देखेर सरकार ढाल्न केहि व्यक्ति धुप हालिरहेका छन्'

डिसी नेपाल
८ भदौ २०८० १७:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सरकारले राम्रा काम गरेका कारण वर्तमान सरकार ढाल्न केही व्यक्तिहरु धुप हालेर हिँडेको बताएका छन्।

शुक्रबार पर्साको वीरगंजमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बिभिन्न प्रकरणको फाइल खोल्नेदेखि बिभिन्न क्षेत्रमा सरकारले राम्रा काम गरेकाले एकथरी मान्छेहरु वर्तमान सरकार ढाल्न धुप हालेर हिँडेको बताएका हुन्।

उनले अब आफुलाई मुलुका लागि राम्रो बाहेक अरु केहि गर्नु नभएको बताए। जीवनको उत्तरार्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झनेलायक काम गर्ने विचार रहेको भन्दै प्रचण्डले देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर मात्रै रहेको धारणा राखे।

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने स्पष्ट पारे। विश्वभरका नेपाली राजदूतहरुलाई काठमाडौं बोलाएर विदेशमा जाने प्रक्रियालाई पारदर्शी तवरले अघि बढाउने निर्णय गरिएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय सुशासन र समृद्धिका निम्ती सरकार निरन्तर अघि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *