ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउने षडयन्त्र भयो : यातायातमन्त्री ज्वाला

डिसी नेपाल
८ भदौ २०८० १९:०६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउने षडयन्त्र भएको बताएका छन् ।

शुक्रबार अनेरास्ववियूको बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका ज्वालाले माधव नेपाल समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता भएको भन्दै माधव नेपाललाई फसाउने षडयन्त्र भएको बताएका हुन् ।

उनले माधव नेपाल भ्रष्टाचारमा संलग्न हुने कुरालाई जनताले पनि नपत्याउने उल्लेख गरे । मन्त्री ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपालमाथि जस्तो सुकै निकायले छानविन गरेपनि प्रतिवाद गर्न तयार रहेको बताए ।

उनले एमालेबाट विद्रोह गरेपछि पार्टी दर्ता हुन नदिने देखि सुरु भएको षडयन्त्र अहिले पनि जारी रहेको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *